बारा–पर्सा हावाहुरी अपडेटः कुद्दै गरेको बस पल्टिँदा क्षति, मर्नेको संख्या ३०

वीरगञ्ज । आइतबार साँझ करिब ९ बजेतिर आएको शक्तिशाली हावाहुरीका कारण मर्नेको संख्या ३० पुगिसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै जनाएका छन् । अधिकांशको मृत्यु हावाहुरीले आफ्नै घर भत्केर भएको थियो । बाराको भलौनी नजिकै एउटा लोकल बस कुद्दा कुद्दै पल्टिँदा झन् धेरै क्षति भएको छ